पोखरामा ‘ग्लोबल एजुकेशन फेयर २०२२’ हुदैं
पाेखरा | भदौ १६, २०७९
पोखरा । पोखरामा ओली एण्ड एशोसिएटले ‘ग्लोबल एजुकेशन फेयर २०२२’ आयोजना गर्ने भएको छ ।
उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी २३ र २४ गते ‘ग्लोबल एजुकेशन फेयर २०२२’ अर्थातः विश्व शिक्षा मेला आयोजना हुने भएको हो ।
पोखराको जिरो किलोमिटरस्थित शान्ति निवासको तस्रो तल्लामा मेला सञ्चालन हुने एसोसिएट पोखरा प्रमुख तिलक लामिछानेले बताए ।
‘ग्लोबल एजुकेशन फेयर’ विद्यार्थीहरुका लागि समर्पित गरिएको हो, उनले भने, ‘यस विश्व शैक्षिक मेलाबाट विदेशमा रही थप अध्ययन गर्न र विदेशमा गई अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको लागि फाइदाजनक हुनेछ ।’
लामिछानेका अनुसार सो मेलामा ‘विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके, न्युजील्याण्ड र अमेरिका लगायतका देशहरुको बोरमा बुझ्न र सम्बन्धित परामर्शदाताहरुलाई भेट्ने अवसर प्राप्त गर्नेछन् ।
मेलामा प्रवेश निशुल्क रहेको बताउदै लामिछानेले ‘ग्लोबल एजुकेशन फेयर २०२२’ सफलताको साथ सम्पन्न गर्न र वैदशिक अध्ययनको लागि जान इच्छुक विद्यार्थीहरुलाई मेलाको लाभ उठाउन आग्रह गरे ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

